विराटनगरमा लकडाउन कडा :सडकमा भेटिए २ घण्टा उभिनुपर्ने, सवारीसाधन लकडाउन खुलेपछि मात्रै पाइने

विराटनगरमा लकडाउन कडा :सडकमा भेटिए २ घण्टा उभिनुपर्ने, सवारीसाधन लकडाउन खुलेपछि मात्रै पाइने

विराटनगर चैत २८,

विराटनगरमा लकडाउन कडा बनाइएको छ । आज साझबाट विराटनगरमा भिडभाड हुने ठाउँमा प्रहरी पुगेेर लकडाउन कडा बनाइएको हो ।

लकडाउनमा कोहि घर बाहिर निस्किए उनिहरुले २ घण्टा त्यहीँ ठाउँमा उभिनु पर्ने नियमलाई कडाइ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आज मात्रै मोरङमा लकडाउनको उलंघन गर्ने २५७ जान मानिस तथा २०७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका सवारी साधनलाई लकडाउन समाप्त भएपछि मात्र छाडिने छ ।
साथै लकडाउनको पालना गर्नु हुन जिल्ला प्रहरी कार्यालय मोरङ सबैमा अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्