विराटनगर सहित मोरङमा लकडाउन कडा, एसपी अधिकारीको यस्तो सन्देश

विराटनगर सहित मोरङमा लकडाउन कडा, एसपी अधिकारीको यस्तो सन्देश

विराटनगर चैत २९,

मोरङ प्रहरीले जिल्लाभर लकडाउनलाई कडा बनाउने भएको छ । विराटनगरमा शुक्रबार साँझदेखि माइकिङ गरेर प्रहरीले लकडाउन कडा बनाएको थियो ।

मोरङ प्रहरीका एसपी विश्व अधिकारीले मोरङका बासिन्दालाई आज (शनिबार) बाट मोरङमा गरिने गतिविधिबारे यस्तो सुचना दिएका छन् ।

मोरङ प्रहरीका अनुसार
--------------------------
१. शनिबार बिहान ८ः०० बजेदेखि १२ः०० बजेसम्म र साँझ १६ः०० बजेदेखि १९ः०० बजेसम्म लक डाउनको पूर्ण पालनाको अनुगमन तथा कार्यान्वयनका लागि जिल्लाभरी नियमित बाहेक थप प्रहरी जनशक्तिको परिचालन गरिनेछ ।

२. हालसम्म 'प्रहरीको साथी म' अन्तरगत वडा वडामा गठित प्रहरीका साथीहरु समेत परिचालित रहनेछन् ।

३. कोरोना भाईरसको संक्रणबाट सुरक्षित रहन व्यक्तिगत र सामूहिक सुरक्षाका सबै उपायहरु अबलम्बन गर्दै अपरिहार्य वा अत्यावश्यक वा ननिस्की नहुने अवस्थामा बाहेक घरबाट ननिस्किनु लकडाउनको पालना हो । प्रहरीले माईकिङ लगायतका माध्यमबाट लक डाउनको पालना गर्न अनुरोध गरी रहेको छ । आम सूचना र अनुरोधका बाबजूद लक डाउन उल्लघंन गर्ने व्यक्ति र सवारी साधनलाई नियन्त्रणमा लिईनेछ । संक्रामक रोगसंग प्रचलित कानुन अनुसार दोषीलाई कैदको दण्ड सजायसम्म हुन सक्छ ।

४. स्वास्थ सेवा लगायत तोकिएका अत्यावश्यक सेवासंग सम्बद्ध व्यक्ति र तोकिएको निकायबाट पास जारी गरिएका व्यक्ति र सवारी साधन उपर यो व्यवस्था लागू हुनेछैन् । तथापि यहाँहरुलाई पनि यथासंभव लक डाउनको पालना गर्न अनुरोध गरिएको छ ।

५. स्थानीय तहबाट राहत बितरण हुन बाँकी वडामा राहत बितरणको अवधिमा मात्र यो व्यवस्था लागू हुने छैन् । तथापि राहत संकलनका लागि एक परिवारबाट मात्र एक जना आई राहत लिईसकेपछि तत्काल घर फर्किन अनुरोध गरिएको छ ।

६.हालको आवश्यकतालाई मघ्यनजर राख्दै अनुशासित रुपमा सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई राहत बितरणलाई सभ्य, मर्यादित व्यवस्थित र उदाहरणीय बनाउन संक्रामक रोगबाट आफु सुरक्षित रहुनु पर्ने कुरालाई आत्मसात् गर्दै उच्च मनोबलका साथ स्थानीय निकायलाई उच्चतम् सहयोग, सहकार्य र समन्वय गर्न मातहत प्रहरी ईञ्चार्ज र सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशित गरिएको छ ।

७. राहत बितरण गरिने 'प्रहरीको साथी म" गठनको क्रममा रहेका वडामा तत्काल राहत बितरणलाई व्यवस्थित बनाउन अन्य वडामा गठित प्रहरीका साथीहरुलाई परिचालन गरिनेछ ।

८. विश्वभरी फैली रहेको कोरोना भाईरसको संक्रमणबाट आफु पनि बाचौं, अरुलाई पनि बचाऔं । यो दायित्व प्रहरीको मात्र नभई हामी प्रत्येकको हो, हरेकको हो । यहाँहरु कै सूरक्षाको लागि यो परिस्थितिमा पनि प्रहरी बाटो बाटोमा छ । आउनुहोस् यो जीवन बचाउन प्रहरीसंगै हामी पनि एकजुट होऔं । लकडाउनको पालना गरौ । "प्रहीको साथी म" बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्