प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा नयाँ वर्षको शुभकामना

<span class='c1'>प्रदेश १ का प्रमुख सोमनाथ</span> <span class='c2'>अधिकारी प्यासीद्वारा नयाँ वर्षको शुभकामना</span>

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले नव वर्ष २०७७ को उपलक्षयमा प्रदेशबासीलाई शुभकामना ब्यक्त गर्नु भएको छ । सामाजिक समदुरीलाई कायम गर्न सके विपत्तिबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा क्रियाशिलता र सक्रियता देखाउदै घरमै बसेर आफु र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न समेत अह्वान गर्नु भएको छ ।

प्रदेश प्रमुखको शुभकामना सन्देशः

“कोरोना भाईरसको विरुद्व नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले गरेका निर्णयहरुको पालना गरौं, आफु बचौं, अरुलाई बचाऔं”
नयाँ वर्ष २०७७ सालको हार्दिक शुभकामना

नोवेल कोरोना भाईरस कोभिड १९ को महामारीका विरुद्ध विश्व लडिरहेको छ । नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकार यसका विरुद्व आफ्नो क्रियासिलता देखाउदै योजनाबद्व रुपमा उत्साहसरका साथ लागिपरीरहेका छन् । यस अभियानलाई सफल बनाउन आफ्नो सम्पूर्ण शक्ति लगाईरहेका छन । अमुल्य मानव जीवनको रक्षार्थ सबै पक्षलाई आ-आफनो ठाउँबाट अझै नियमित क्रियासिल भई एकमना एकताका साथ लागिरहन हार्दिक अनुरोध गर्दै नव वर्ष २०७७ को उपलक्ष्यमा सम्पुर्ण स्वदेश तथा विदेशमा रहुनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, संबृद्धी ,सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

सामाजिक समदुरीलाई कायम गर्न सके बिपत्तिबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउँने कार्यमा क्रियासिलता र सक्रियता देखाउदै घरमै बसेर आफु र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न समेत हार्दिक आव्हान गर्दछु । साझा दुश्मन नोवल कोरोना भाईरसका विरुद्ध, बिपतमा साथ दिने अहोरात्र खटिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, उद्योग व्यवसायी, संचारकर्मी, स्वयमसेवकहरु, राजनीतिक व्यत्तित्व तथा लकडाउनलाई सफल बनाउ उद्यत नेपाली जनतालाई थप प्रेरणा दिदै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्त्यमा, जीवन रक्षाका लागि अत्यावश्यक खाद्यपदार्थ र स्वास्थ्य सामाग्रीको उचित व्यवस्थापनमा सरोकारवाला पक्षको समयमै ध्यान पुगोस् भन्ने कामना सहित यस नव वर्षले हामी सबैलाई कोरोनाको त्रासदीबाट मुक्त्ति दिलाओस्, आगामी दिनमा नयाँ जोस, जाँगर र हौसलाका साथ नेपाल सरकारको नारा “सुखी नेपाली समृद्व नेपाल” लाई पूरा गर्ने मनोकांक्षा सबै नेपालीमा श्रृजना होस् भनी पुनः सबैमा सुख, शान्ति, सम्बृदि,सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्