विराटनगर बैशाख २ ,
विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो ।
सामाजिक दुरी कायम नगरिकन तरकारी बिक्रि वितरण हुदै आएको हुनाले नियन्त्रणको लागि गुद्री बन्द गराइएको विराटनगर महानगरका अधिकृत राजेन्द्र प्रधानले आवर विराटनगरलाई बताए । अर्को सुचना नआएसम्म लकडाउन पालना गर्दै पुर्णरुपमा नया गुद्री बजार बन्द राख्नु भनेर प्रहरीले माइकिङ नै गरेको थियो । अहिले पनि उक्त स्थानमा प्रहरी तैनाथ रहेका छन् ।
सोमबार माईकिङबाट पनि नटेरेपछी आज बिहान देखि नै कडिकडाउ गरेर शसस्त्र प्रहरीले बन्द गराएको थियो ।
उक्त गुद्री बजारमा भिड बढेपछी विराटनगर ११ का स्थानीय पनि त्रशित बनेका थिए ।
निर्माणकार्य सुचारु :
गुद्री बजारमा तरकारी बिक्रि वितरण बन्द भएपनि त्यहाँ गुद्री बजारका सटर तथा अन्य निर्माण कार्य भने सुचारु रहेको छ। नयाँ संरचना बनाउने कामदार दैनिक रुपमा अहिले पनि काम गर्दै गरेको देखिन्छ ।