कोरोना अपडेट : प्रदेश १ मा आजसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण

<span class='c1'>कोरोना अपडेट : प्रदेश १ मा आजसम्म</span> <span class='c2'>जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण</span>

विराटनगर । प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोस्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ ।

द्रुत विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएको छ । ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । परीक्षणमा ५६ महिला र ३ सय ४६ पुरुषको नमुना लिइएको थियो ।

यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ । जसमा ४० महिला र १९९ पुरुष गरी २ सय ३९ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो । अरू २० जनाको नतिजा आउन बाँकी छ । यो विधिबाट जम्मा २ सय ५१ को नमुना परीक्षण भएको कोरोना सूचना डेस्कले जनाएको छ ।

गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमुना परीक्षण गरी द्रुत गतिमा परीक्षण सुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोसी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण सुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यता, मंगलबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ३८ पुगेको छ । ५३ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा मंगलबारसम्म १० जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा जम्मा ३ हजार ६ सय ८० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्