एनसेलको प्रदेश १ सरकारलाई नि:शुल्क सिमकार्ड सहयोग, सिम स्वास्थ्यकर्मीलाई दिइने

एनसेलको प्रदेश १ सरकारलाई नि:शुल्क सिमकार्ड सहयोग, सिम स्वास्थ्यकर्मीलाई दिइने

विराटनगर बैशाख ३,

सञ्चार सेवा प्रदायक एनसेलको विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीहरुका लागि निशुल्क सिमकाड वितरण गर्ने भएको छ ।

एनसेलले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले मंगलवार ६ हजार ३ सय सिमकाड उपलब्ध गराएका हुन ।

कोरोना भाईरस (कोभिड) १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराएको हो । सो सिमकार्डमा जेठ महिना सम्मका लागि व्यालेन्स उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मीलाई रिचार्ज गर्न समस्या नहोस् भनेर व्यालेन्स सहितको सिमकार्ड दिईएको हो ।

एनसेलबाट प्राप्त सिमकार्ड ग्रहण गर्दै मन्त्री घिमिरेले तीन दिन भित्रमा सवै स्वास्थ्य कार्यालयमा पुग्ने गरि सिम पठाईने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्