विराटनगरमा सुजता कोइरालाद्वारा राहत सामग्री वितरण

<span class='c1'>विराटनगरमा सुजता कोइरालाद्वारा</span> <span class='c2'>राहत सामग्री वितरण</span>

विराटनगर बैशाख ४,

गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विराटनगरस्थित मिल्स एरियामा राहत वितरण गर्नुभएको छ ।

नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति विपन्न नागरिकताबिहीन ५० परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाली राजनीतिका शिखरपुरुष स्व. गिरिजाप्रसाद कोइरालाको सम्झनामा उहाँसँगै मजदुर आन्दोलनमा मिल्स एरियाले विशेष भूमिका खेलेको भन्दै राहत वितरण गरिएको अन्सरीले बताउनु भयो ।राहत सामग्रीमा २५० किलो चामल, ५० प्याकेट डिटर्जेंट पाउडर, ५० वटा हात धुने साबुन, ५० वटा मास्क रहेको ह्यूमानिटी फाउन्डेसनका संस्थापक सदस्य कुत्बुद्दीन खानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्