प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य

<span class='c1'>प्रदेश १ सभाको हिउँदे</span> <span class='c2'>अधिवेशन बुधबारबाट अन्त्य</span>

विराटनगर बैशाख ४,

प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो  ।

प्रदेश नं. १ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा प्रदेश सरकार, मन्त्रीपरिषद्को आजको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम संवत २०७७ बैशाख ३ गते बुधबार राती १२ बजेदेखि प्रदेश नं. १ को प्रदेश सभाको पाँचौ तथा चालु आ.व. २०७६/०७७ को हिउँदे अधिवेशन अन्त्य गर्नु भएको उल्लेख गरिएको छ ।

प्रदेशसभाको कार्य व्यवस्था परामर्श समिति बैठकमा दलहरुबीच कोरोना भाइरसका कारण लकडाउन लम्बिदै गएको र वर्षे अधिवेशनको पनि समय आउन लागेकाले हिउँदे अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

सरकारले २५ जनाभन्दा बढी एक ठाउँ भेला हुन रोक लगाएपछि चैत ६ गते सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चितकालका लागि स्थगित गरेका थिए।हिउँदे अधिवेशनमा ६ वटा विधयेक दर्ता भएका थिए। ती मध्य प्रदेशको वातावरण संरक्षण विधेयक पारित भयो।

मुख्यमन्त्री शेरधन राईले हिउ‘दे अधिवेशनबाट प्रदेशको नामाकरण टुंग्याउने प्रतिवद्धता जनाएको भएपनि कोरोना भाइरसका कारण नामकरण हुन सकेन। अधिवेशन गत माघ २३ गते सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्