विराटनगरको न्यूरो अस्पतालको ‘कल न्यूरो’ सेवा सुरु

विराटनगरको न्यूरो अस्पतालको ‘कल न्यूरो’ सेवा सुरु

विराटनगर, ४ बैशाख । विराटनगरको न्यूरो अस्पतालले ‘कल न्यूरो’ सेवा सुरु गरेको छ ।

कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श, जाँच लगायतका सेवाहरु राेकिएपछि अस्पतालले कल न्यूराे सेवा सुरू गरेकाे हाे ।

लकडाउनमा सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन र बिरामीहरुले घरमै बसी फोन मार्फत नै बिभिन्न सेवा प्रदान गर्न ‘कल न्यूरो’ सेवा सञ्चालनमा ल्याएको अस्पततले जनाएको छ ।

अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले अस्पतालले टेलिमेडिसिन सेवा , होम डेलिभरि मेडिसिन सेवा र होम स्याम्पल कलेक्सन(प्याथोलोजि)सेवा ल्याएको बताए ।

टेलिमेडिसिन सेवा अन्तर्गत बिरामीलाई फोन तथा म्यासेज मार्फत विशेषज्ञ चिकित्सकहरुसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सक्नेछन ।

यसका लागि विरामीले बिहान साढे १० बजे देखि साढे १२ बजे सम्म सम्बन्धीत वरिष्ठ विशेषज्ञ चिकित्सक संग स्वास्थ्य परामर्श लिन सक्ने छन् ।

चिकित्सकको विवरण भने फेसबुक पेज मार्फत सार्बजनिक गरिने अस्पतालले जनाएको छ ।

अस्पताले बिराटनगर महानगरपालिका भित्र घर–घरमा औषधी पुर्याउने बताइएको छ ।

चिकित्सकको प्रिस्क्रिपशनको आधारमा औषधी प्रदान गर्ने अतिरिक्त शुल्क नलिने अस्पतालले जनाएको छ ।

हस्पिटलले बिराटनगर महानगर भित्र रगत,दिशा, पिसाब तथा खकारको नमुनाहरु घरबाटै संकलन गरि डिजिटल रिर्पोट प्रदान गर्ने सेवा सुचारु गरेको छ ।

अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले कोरोना भाइरसको सक्रमणको त्रास ,लकडाउनको अवस्थालाई ध्यानमा राख्दै तथा बिरामीहरुले पाउनै पेर्न स्वास्थ्य सेवालाई ध्यानमा राख्दै यस किसिमको सेवा संचालनमा ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्