एनआईसी एसिया बैंकको सातै प्रदेशमा १५-१५ लाख सहयोग

एनआईसी एसिया बैंकको सातै प्रदेशमा १५-१५ लाख सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५–१५ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यले १ करोड ५ लाख रकम प्रदान गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पीडामा सघाउ पुर्‍याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको जानकारी दिएको छ । सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख समावेश छ ।

एनआईसी एसिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ ।

यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केही भए पनि राहत मिलेको विश्वास बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्