उदयपुरको भुल्के सील गरियो , संक्रमित मध्यरातमा विराटनगर आइपूगे

<span class='c1'>उदयपुरको भुल्के सील गरियो ,</span> <span class='c2'>संक्रमित मध्यरातमा विराटनगर आइपूगे</span>

विराटनगर बैशाख ६ ,

उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ ।

केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।

सुरक्षाकर्मीले मस्जिदलाई सील गर्नुको साथै भुल्के गाउँ प्रवेश गर्ने सबै नाकाहरु बन्द गरेको छ ।

उनीहरुको स्वाब नमुना संकलन गरि कोशी अस्पताल विराटनगरमा कोरोना परिक्षण गर्न पठाइएको थियो । परिक्षणबाट १२ जनाको रिपोर्ट पोजेटिभ आए पछि थप चेकजाचको लागि टेकु लगिएको थियो टेकुमा पनि रिपोर्ट पोजेटिभ देखिए संगै प्रशासनले कडाई गरेको बताएको छ ।

मध्यरात विराटनगर आइपुगे संक्रमित  :

यसैबीच संक्रमित १२ जनालाई कोशी प्रादेशिक अस्पताल विराटनगरमा रहेका छन्  । उनीहरु मध्यरातमा विराटनगर आइपुगेका थिए ।

उनीहरुलाई उदयपुरबाट एम्बुलेन्स मार्फत विराटनगर ल्याइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्