उदयपुरको घटनापछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी

उदयपुरको घटनापछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी

विराटनगर । उदयपुरको मस्जिदमा रहेको १२ जनामा कोरोनाको पुष्टि भएपछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी बढाईएको छ ।

मोरङमा ६७ मदरसा र ८९ वटा मस्जीद रहेकोमा ति सबै ठाउँमा निगरानी बढाउनको लागि सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको र त्यहाँ मौलानाहरुसँग समेत कुरा भईहेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । ति मस्जीद र मदरसामा मुस्लिम समुदायको सहभागीतामा अनुगमन गर्ने ब्यवस्था मिलाईएको उहाँले बताउनु भयो ।

मोरङबाट अब कोही ब्यक्ति लुकेर पनि नेपाल प्रबेश गर्न सक्ने अबस्था नरहेकोले सिमा नाकामा अत्यन्त कडा पारिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।
सुनसरीमा पनि मस्जीदहरुमा निगरानी बढाईएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका ८१ वटा मस्जीदहरुमा कडाई गरि निगरानी बढाईएको हो । ईटहरीमा मात्र १४ वटा मस्जीद रहेकोले ति मस्जीदहरुमा कडाई गरिएको र त्यहाँ रहेका केही बाहिरी ब्यक्तिहरुलाई क्वारेन्टीनमा पठाईएको ईटहरी उपमहानगरपालिकाकी उप मेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्