विराटनगरमा खान नपाएका खोज्दै खाना लिएर बाइक दौडने युवाहरुको यो समुह

विराटनगरमा खान नपाएका खोज्दै खाना लिएर बाइक दौडने युवाहरुको यो समुह

विराटनगर, बैशाख ७ ।

हरेक दिन बिहान १०-१२ जनाको युवासमुह रोयल बिरयानीमा पाकेको खाना लिएर लस्करै निस्कन्छ अनि विराटनगरका सडकमा खाना नपाएर बसेका गरिब तथा बिपन्न परिवारलाइ खान वितरण गर्छ।

उनीहरुको मोटरसाइकलमा लेखिएको छ " निशुल्क खाना वितरण गर्ने समुह" । यो लेखेका सवारीसाधन देख्नासाथ सुरक्षामा बसेको प्रहरीले पनि उनीहरुको बाटो छाड्ने गरेको छ ।

लक डाउनको समय थपिएपछि विराटनगरका सडकमा भोकभोकै परेका विपन्न मजदूर र वेसहाराहरुलाई विराटनगरको एक युवाहरुको समूहले निःशूल्क खाना खुवाउन थालेको आज २० औ दिन भएको छ ।

विराटनगरमा बिगत २० दिनदेखि बिहान र साझ गरेर ३२ सय बढीलाई निःशूल्क खाना खुवाएको समुहका युवा अभियन्ता पेरिस सुबेदीले बताए । सामाजिक दुरी कायम गरेर खाना ख्वाउने अभियान संचालन गरिएको छ ।

सडकमा भेटिएका गरिब तथा बिपन्न परिवारको लागि यो समुहले हात धुन लगाउने, सेनीटाइजर लगाइदिने , खाना दिने र माक्स वितरण गर्दै आएको सुबेदीले बताए ।

"मानिसहरु हामीलाई पर्खिएर बस्छन खाना लिएर आउछन यिनीहरु भनेर" सुबेदी बताउछन । युवाहरुको यो समुहलाई बिभिन्न व्यक्तिहरुले सहयोग गरेर यो अभियान संचालन भएको छ ।

वसिम आलम, पेरिस सुवेदी,पप्पु अन्सारी , दिपेन मारिक, भवेश पौडेल, संरक्षण देवकोटा, सन्जु सापकोटा, कमल श्रेष्ठ , चिरन्जिवी आचार्य, गोपाल देवकोटा, रुपेश दास, भूषण पोमो लिम्बू, कृशल आले, मनोहर तामाङ, मनोज घिमिरे, बिवेक श्रेष्ठ लगाएत युवाहरु यस अभियानमा जोडिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्