“मासु” – कविता केशरी

“मासु” – कविता केशरी

शीर्षक -"मासु"

हरेक ब्यवहारको परिभाषा फरक हुँदो रहेछ
मासु खानु भनेको
रेटेर लडाउनु ,कत्तीले गिँड्नु मात्र होइन रहेछ
काँचो रगतमा होली खेल्नु मात्र होइन रहेछ
चोक्टा लुछेर खानु मात्र होइन
सेकेर खानु मात्र होइन रहेछ।

बाघले मृग ,हात्ती खाएर
गिद्धले सिनु खाएर
ब्वाँसा,स्याल हुँडारले जिराफ खाएर
के मासु खाएको धाक देखाउनु ?

के तिमीलाई थाहा छ?
गोमनले मुसा निलेझै
प्लेगले मान्छे सल सल निलेथ्यो युरोपमा
दादुराले थरथर कमाएर ढालेथ्यो,ईबोलाले
एड्स अौलो अादिले कट कट
मान्छे गिँडेको विश्वमा ईतिहास छ।

उसो त ,दोश्रो विश्व युद्दमा
मानव मासुको भतेर नलागेको कहाँ हो र ।

जीवहरु बाँच्नका लागि खाएका मासुहरु
मासु हैनन्
यी भोजनहरु हुन्
अन्य प्रयोजनले खाइएका मासु मात्र
मासु खानुका परिभाषामा पर्दारहेछन्।

मासु खानुको सार्थकता
देखिएको छ अाज
अाफू सकिनका लागि
सजातिय मासु खाँइदो रहेछ
कोरोनाको भोजन भन्दा पनि माथि
सजातिय हमला,क्रुरता तथा टोकाटोक
बाघले बाघ, विरालाले विरालो
मानवले मानव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्