उदयपुरबाट ल्याइएका १३ संक्रमित मध्ये दुई व्यक्ति विराटनगरका , अन्य ११ भारतीय

उदयपुरबाट ल्याइएका १३ संक्रमित मध्ये दुई व्यक्ति विराटनगरका , अन्य ११ भारतीय

विराटनगर, बैशाख ८ ,

विराटनगर खुला सिमा भएको कारण सधैं कोरोनाको जोखिममा रहदै आएको थियो । शनिबार विराटनगरका एक जनामा कोरोना भाइरस देखिएको समाचार पनि आए । उदयपुरमा १२ जना अन्य संक्रमित संगै रहेका उनिमा पनि कोरोना देखिएको हो । तर शुक्रबार उदयपुरमा भेटिएका १२ जना मध्ये अर्का एक जना पनि विराटनगर कै रहेको खुलेको छ ।

विराटनगर १७ का वडा अध्यक्ष समीर कमरका अनुसार कोरोना संक्रमित भनिएका ती समुहका दुई जना विराटनगर १७ बाटै रहेको पुष्टि गरेका छन् ।

आवर विराटनगरसंग कुरा गर्दै उनले "उदयपुरका १३ जना संक्रमित भनिएकोमा दुई जना हाम्रो वडाका हुन " उनले भने । यद्यपि उक्त वडामा सतर्कता अप्नाउने प्रयास भइरहेको कमरले बताए । संक्रमितको परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

ती संक्रमित विगत ४ महिनादेखि विराटनगरमा नरहेको कारण उक्त वडामा डराउनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

संक्रमितलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना कोशी अस्पतालमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्