विराटनगर बैशाख ८ ,
विराटनगर भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । उदयपुरको घटना पछी सतर्कता अपनाउन विराटनगरमा रहेका मस्जिदहरुको मुस्लिम समुदायका अगुवासँंगको सहकार्यमा अनुगमन गरिएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली , मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायतको सहभागितामा मस्जिदहरुको अनुगमन गरिएको थियो ।
मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भए बमोजिम मस्जिदमा अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए ।
विराटनगर महानगरपालिका भित्र १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको छ । अनुगमनमा सहभागीले सबैमा सचेत रहन र कुनैपनि जानकारी भए संबन्धित निकायमा जानकारी दिन आग्रह पनि गरेका थिए ।