प्रदेश १ कोरोना अपडेट : १४ जिल्लामै आरडीटी परीक्षण धमाधम हुदै

प्रदेश १ कोरोना अपडेट : १४ जिल्लामै आरडीटी परीक्षण धमाधम हुदै

विराटनगर बैशाख ८,

प्रदेश १ मा आइतबार सम्ममा २ हजार २ सय ८१ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ। सो परिक्षणमा रिपोर्ट पोजिटिभ आए धरान र विराटनगरमा थप परीक्षण गरिदै आएको छ। प्रदेशका १४ जिल्लामै आरडीटी परीक्षण भइरहेको छ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन ६ सय ७६ जना छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ उपचार गराइरहेका छन्।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित दुई नेपाली र ११ भारतीय नागरिक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्