विराटनगर बैशाख ८ ,
विराटनगरको तरकारी बजार "गुद्री" मा अत्यधिक भिड बढेपछी नियन्त्रण गर्न नसकेपछि सामाजिक संजाल तथा मिडियामा चौतर्फी दवाब आएपछि जिल्ला प्रशासन मोरङले बन्द गराएको गुद्री बजार पुन संचालनमा ल्याइएको छ ।
विराटनगरको वडा नम्बर ११ मा केहि समय अगाडी मात्रै सरेको बजारमा बिहान र बेलुकी अत्यधिक भिड भएको र सामाजिक दुरी कायम नगरी कारोबार भएको भन्दै बन्द गरिएको थियो ।
अहिले फेरी सामाजिक दुरी कायम गर्ने सर्तमा पुन: संचालन अनुपति पाएपछि गुद्री बजार सुचारु भएको हो । व्यापारीहरु गुद्री बजारमा सामाजिक दूरी कायम गरेर व्यापार गर्न सहमत भए पछि गुद्री बजार खोल्न दिइएको हो ।
गुद्री बजार बन्द हुदाँ स्टक गरेर राखेका धेरै तरकारीहरु कुहिएर खेर गएको भन्दै संचालन गर्न व्यापारीले स्थानीय निकायलाइ माग गरेका थिए ।
बजारमा अब खुद्रा व्यापार नहुने र होलसेल मात्रै व्यापार हुने गुद्री बजार समितिका अध्यक्ष पशुपति भगतले बताए ।