थप संक्रमितलाई विराटनगर ल्याइयो , प्रदेश नम्बर १ मा २४ जनालाई कोरोना संक्रमण

<span class='c1'>थप संक्रमितलाई विराटनगर ल्याइयो , प्रदेश नम्बर</span> <span class='c2'>१ मा २४ जनालाई कोरोना संक्रमण</span>

विराटनगर बैशाख १० ,

प्रदेश नम्बर १ कोरोना भाइरसको संक्रमणमा जोखिममा रहेको प्रदेश बनेको छ । भारतसंग खुला सिमाना भएको कारण जोखिममा रहेको भनिदै आएको प्रदेश १ मा लगातार संक्रमित देखिन थालेपछि नेपाल मै प्रदेश १ कोरोनाको केन्द्रबिन्दु बन्ने क्रममा रहेको छ।

प्रदेश नं. १ मा नेपाल मै सबै भन्दा बढी २४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

१३ जनाको यस अघिनै विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइराखेको छ भने थप अन्यलाइ मंगलबारराति नै विराटनगर ल्याइएका छन् । कोरोना संक्रमितमा २ जना महिला रहेको प्रदेश १ सरकारले जानकारी दिएको छ ।

हाल सम्म प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडीटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमूना परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट जम्मा ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमूना परीक्षण भएको हो ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्