विराटनगर बैशाख १० ,
आज्ञ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा अन्य संक्रमित संगै रहेका थिए।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये दुईजना विराटनगर महानगरपालिका वडा नम्बर १५ र १७ का हुन् भने एकजना उदयपुरको मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् । यो संगै विराटनगरबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ । यसअघि यसै समुहमा रहेका विराटनगर १७ का दुई जनामा संक्रमण देखिएको थियो ।
संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।