विराटनगरमा लकडाउन केहिदिन यता प्रभावकारी देखिएन, चहलपहल बढ्यो

<span class='c1'>विराटनगरमा लकडाउन केहिदिन यता</span> <span class='c2'>प्रभावकारी देखिएन, चहलपहल बढ्यो</span>

विराटनगर बैशाख १०,

विराटनगरमा लकडाउन केहिदिन यता खासै प्रभावकारी देखिएको छैन । विराटनगरमा विहान र बेलुकी मात्रै केेही भिड हुदै आएको भए पनि केेही दिन यता मानिसहरूको चहलपहल दिउँसो पनि बढेको देखिन्छ ।

विराटनगर बजारमा दिउँसो पनि सर्वसाधारणको चहलपहल बढेको छ । मोरङ प्रहरीले लकडाउन प्रभावकारी बनाउन केही दिन अगाडि चालेको कदम पनि अहिले सर्वसाधारणले वेवास्था गरेको देखिन्छ । विशेषगरी मोटरसाइकलमा मानिसहरूको चहलपहल बढी देखिएको छ ।

विराटनगरको मुख्य बजार तथा सडकमा केहि कडाइ गरिएपनि भित्रि टोलमा भने अहिले पनि मानिसहरु भेला भएर गफ गर्ने , पसल खोल्ने , खाजाघर भित्रबाटै मदिरा लगायतको कारोबार गर्ने जस्ता कार्य भैरहेका छन् ।प्रदेश नम्बर १ मै कोरोना संक्रमण बढेर कोरोनाको केन्द्र बनेको अवस्थामा राजधानी विराटनगरमा नै यस्तो लापरवाही गरिदा भोलिका दिनमा स्थिति अझ भयावह बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

स्थानीय वडा अध्यक्ष लगायतको आग्रह पनि सर्वसाधारणले बेवास्ता गरेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । सामाजिक दुरी कायम भए कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिने भएपनि जनताले आफै सुरक्षित रहि घर मै बसेर अत्यावश्यक काम बाहेक बाहिर ननिस्किएर आफु र आफ्नो समुदायलाई सुरक्षित राख्न सकिन्छ ।

यता लकडाउन विराटनगर लगायत मोरङमा लकडाउन उल्लंघन गर्ने आठ सय २२ जनालाई  प्रहरीले नियन्त्रणमा लिएर तिन घण्टा होल्ड गराएर पठाएको मोरङका एसपी विश्व अधिकारीले बताए ।

लकडाउन उल्लंघन गरेर चलाइएका दुई हजार तीन सय ९१ सवारी साधन जिल्ला भरबाट नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारी साधनमा ४७ वटा अटो र टेम्पो, ५३ वटा टिपर, ट्रयाक्टर र ट्रक, २९ वटा कार र जीप, एक हजार सात सय आठवटा मोटरसाइकल र स्कुटर र पाँच सय ५४ वटा साइकल रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाड्ने गरिएको एसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्