विराटनगर बैशाख १० ,
सरकारले कोरोना संक्रमण फैलन नदिन लगाएको लकडाउनको समय एक महिना पुगेको छ ।लकडाउनले गर्दा धेरै मानिसको दैनिकी असहज बनेको छ । खासगरेर दैनिक ज्यालादारी गर्ने नागरिकलाई ठुलै समस्या परेको छ । त्यसतै अर्को समस्यामा परेको समुह हो आफ्नो घरबाट अन्य ठाउँमा पढाइ वा कामको शिलशिलामा भाडा लिएर बसेका मानिसहरु ।
विराटनगरमा भने विराटनगर महानगरपालिकाले बिभिन्न ठाउँबाट आएर विराटनगर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्याउने तयारी थालेको छ ।
विराटनगरको १९ वटै वडामा ति व्यक्ति वा परिवारहरुको लगत संकलन सुरु गरिएको महानगरले जनाएको छ । समस्यामा परेर आफ्नो आफ्नो घर जान चाहनेलाइ घर पुर्याउने साथै विराटनगर नै बस्न चाहे खाद्यान्न लगायतका कुरा सहयोग गर्ने गरी सबै वडामा लागत संकलन सुरु गरिएको छ ।
विराटनगर-१२ मा पनि बिहिबार लगत संकलन थालिने वडा अध्यक्ष हिरालाल कामतले बताए । भाडामा बस्ने व्यक्तिहरुले आफु बसेको वडाको कार्यालयमा पुगेर आफ्नो नाम टिपाउन सक्ने उनले बताए ।
विराटनगरको अन्य वडामा पनि बिहिबारबाट लगत लिन सुरु गरिने छ ।