कविता : आमाको सम्झना – भुवना सुवेदी

कविता : आमाको सम्झना – भुवना सुवेदी

आमाको सम्झना - भुवना सुवेदी

हुर्कायौ आमा बढायौ आमा
दशधारा दुध खुवाई
विधिको बिधान छाडेर गयौ
टुहुरो बनाई

रोगले च्याप्यो देवले लग्यो
चटक्कै हेरेर
दुख र सुख दुबैमा आमा
सम्झेर रुन्छु तस्बिर हेरेर

सम्झना आयो ए आमा मलाइ
अतितको झल्झली
आँखामा आँसु झरी रहन्छ
रोकिन्न केहि गरी

सम्झना आउछ आमाको माया
म बिर्सौ कसरी ?
आमाको कोठा देखेर खाली
मन रुन्छ बेसरी

आमालाई कहिल्यै कसैले पनि
नरुवाउ जीवनमा
माया र ममता आमाको जस्तो
पाइन्न अरुमा

मुख हेर्ने दिन आमाको आज बिशेष पर्वमा
आत्मा नै देखि श्रद्धाञ्जली गर्दछु अर्पण
आमा गर्दछु अर्पण !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्