मोरङको बुढीगंगामा किशोरीलाई खोलामा लगेर सामुहिक बलात्कार गर्ने पक्राउ

<span class='c1'>मोरङको बुढीगंगामा किशोरीलाई खोलामा लगेर</span> <span class='c2'>सामुहिक बलात्कार गर्ने पक्राउ</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षिय एक किशोरीलाई पाँच जनाको समुहले बलात्कार गरेको घटना बाहिरीएको छ । सामूहिक बलत्कार गरेको आरोपमा चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

सामूहिक बलात्कार भएको तीन महिनापछि घटनामा संलग्न ४ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । मोरङ प्रहरीले बलात्कारमा संलग्न बूढीगंगा–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुई जना नावलकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । बलत्कार आरोपमा संलग्न दुई जना नावालक रहेकोले उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ । प्रहरीका अनुसार ती किशोरीमाथि पाँच जना युवा मिलेर गत माघ १५ गते सामूहिक बलात्कार गरेका थिए । फरार भएका प्रतिवादीको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बलत्कार घटना लामो समयसम्म गुपचुप रहेको थियो । बलात्कारमा संलग्नमध्ये एक युवा बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि पुरानो घटना सार्वजनिक भएको हो । गाँउमा झगडा भएको कुरा गाँउलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रेमिका बनाएर ती किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको छ । बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बूढीगंगास्थित ठूलीआमाको घरमा बस्दै आएका थिए । डीएसपी राईका अनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ । लक्ष्मणले जरुरी काम परेको भन्दै घरदेखि तल रहेको फुटबल खेल्ने चउरमा भेट्न बोलाएपछि किशोरी पुगेकी थिईन् ।

लक्ष्मणसँगै चार जना साथीहरु मिलेर किशोरीलाई घिसार्दै मलाहा खोलाको घारीमा र्पुयाएर पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो कुरा कोही कसैलाई भनेमा हत्या गर्नेसम्मको धम्की दिइएका कारण डरले किशोरीले माघ १५ गते रातिको घटना भएपनि बाहिर ल्याउन नसकेको पाइएको प्रहरीको अनुसन्धाानबाट खुलेको हो ।

सामूहिक बलात्कारमा संलग्न विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइने मोरङ प्रहरी प्रवत्ता राईले जानकारी दिनुभयो । आफ्नै प्रेमिकालाई साथीसँग मिलेर बलात्कार गर्ने ती पिडकलाई प्रहरीले सत्यतत्य छानविन गरी कानुनी कठघरमा उभाएर आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्