प्रदेश १ नेपालमा कोरोनाको केन्द्रबिन्दु ,उदयपुर, भोजपुर र झापाका सहित संक्रमित ३० पुगे

<span class='c1'>प्रदेश १ नेपालमा कोरोनाको केन्द्रबिन्दु ,उदयपुर, भोजपुर</span> <span class='c2'>र झापाका सहित संक्रमित ३० पुगे</span>

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ३० पुगेको छ । प्रदेश १ नेपालमा कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको छ ।

शुक्रबार साझ झापाका एक ६२ बर्षीयमा कोरोना संक्रमण देखिएपछि प्रदेश नम्बर १ को संख्या ३० पुगेको हो । उनीहरुलाई विराटनगरस्थित कोशी कोरोना उपचार केन्द्रमा राखेर उपचार भैरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । आरडिटी बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् ।

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्