साहित्य संसार : गजल – दिपक कटुवाल

साहित्य संसार : गजल – दिपक कटुवाल

गजल
-------

अधेरीमा जुन पनि घमण्डले चम्कि दिन्छ
सगै मर्छु भन्नेले नि पराइको साथ खोज्छ
केहि दिनलाइ बसाइ सरी अन्तै गाछौ भन्ने सुने
फर्की आउछौ भन्ने आशमा बाटो हेरी कुरी बसे

क्षितिज पारी दुनिया छ, वारी आज फेरी एक्लै
समयले कोल्टे फेर्यो म त गुमनाम भएँ उस्तै
हेर्दै कोमल नयन, रुप झुल्के घाम जस्तै लाग्थ्यो
बेहोसीमा खै के भनु होस मै तिम्रो नाम आउँथ्यो

सपनाको महल ठड्याइ मुटु भित्र लात हान्दा
आफ्नै सोची रैछ क्यारे पत्याउन लाज लाग्थ्यो
हिजो सम्म तिम्रो धड्कन मेरै दिलको पास हुँदा
जति पिडा दिए पनि माया गर्छौ आश जाग्थ्यो

केही मिठा बचन तिम्रा केही तिता सुनि रहे
असत्यको जित तिम्रो हार मानी सही बसे
नखाउँ अब झुठो कसम मुटु छिया छिया पार्नु छैन
जलेको यो मनलाइ अझै आगो लाउने धोको हैन

खवर पाउँछौ पक्कै पनि शंख धुन बज्दा कतै
दैवको यो खेल हैन खुशी हुदै भन्छौ कठै
अन्तिम घुट्की सास थामी एकोहोरो हेरी रहे
फर्की आउँछौ भन्ने आशमा बाटो हेरी कुरी बसे

- दिपक कटुवाल , खाँदबारी - ८, संखुवासभा (प्रहरी नायव निरीक्षक , हाल भुटाहा चौकी इन्चार्ज)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्