विराटनगरबाट विद्यार्थी लगायतलाई आफ्नो ठाउँ सम्म पुर्याउने सेवा महानगरले सुरु गर्दै

विराटनगरबाट विद्यार्थी लगायतलाई आफ्नो ठाउँ सम्म पुर्याउने सेवा महानगरले सुरु गर्दै

विराटनगर बैशाख १४ ,

विराटनगर महानगरपालिकाले बिभिन्न ठाउँबाट आएर  विराटनगर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्‍याउने तयारी थालेको छ ।

विराटनगरका विभिन्‍न १९ वटा वडामा भाडामा बस्दै आएका र विद्यार्थीहरुलाई घरपायक जिल्लासम्म पुर्‍याउने तयारी सुरु गरिएको विराटनगर महानगरले जनाएको छ।

एकमहिना लामो लकडाउन अहिले तत्काल खुल्ने अवस्था नदेखिएपछि महानगरले सर्वसाधारणको सहजताका लागि सेवा सुरु गर्न लागेको विराटनगर महानगरका मेयर भिम पराजुलीले बताए । यसका लागि लगत संकलनको काम जारीरहेको र आइतबारसम्म सबै वडाबाट उपलब्ध हुने उनले बताए ।

संबन्धित वडा कार्यालयमा सम्पर्क गरि आफ्नो नाम , टेलिफोन नम्बर तथा गन्तव्यको जानकारी गराउन सकिने ब्यवस्था गरिएको छ ।

आज आइतबार काठमाडौंका लागि ६ वटा यात्रुवहाक सवारीको व्‍यवस्था गरेको र यदि कोहि  काठमाडौंबाट विराटनगर आउन चाहने विराटनगरबासीलाई ल्याउने पनि पराजुलीले जानकारी दिए। केहीलाई काठमाडौंबाट विराटनगर केहि दिन अघि ल्याइएको थियो ।

हिसान ,प्याब्सन तथा एनप्याब्सनले सवारीसाधन सहयोग गर्ने : 

विराटनगरबाट बिद्यार्थी तथा अन्यलाई आफ्नो घर पुर्याउने अभियानमा शैक्षिकसंस्था संचालक हरुको संगठन हिसान ,प्याब्सन तथा एनप्याब्सनले सवारीसाधन सहयोग गरेको छ ।सोमबार  पुर्वमा झापाको काकरभिट्टा र पश्चिममा धनुषासम्म मानिसहरु पुर्याउन ४० बढी सवारीसाधन सहयोग गर्ने भएको हो ।

महानगरले सवारीसाधनको लागि आवश्यक खर्चको जोहो गर्ने जनाएको छ। सवारीका क्रममा लाग्ने इन्धन र सवारी चालक, सहचालक लगायतलाई सेवासुविधा उपलब्ध महानगरले गराउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्