भारतबाट तेल बोक्ने ट्याङकरमा लुकेर आउने भारतीय फेला, बुढिगंगामा क्वारेन्टाइनमा राखियो

<span class='c1'>भारतबाट तेल बोक्ने ट्याङकरमा लुकेर आउने</span> <span class='c2'>भारतीय फेला, बुढिगंगामा क्वारेन्टाइनमा राखियो</span>

विराटनगर । लकडाउनको समयमा भारतबाट लुकीछिपी आउने एक नेपालीलाई क्वारेन्टाईनमा राखिएको छ ।

भारतको लक्सर गोठगाँउमा उखु काट्ने काम गर्न गएका मोरङको बुढीगंगा गाउपालीका ६ कायलपुर घर भएका ३५ बर्षिया कन्नु चौधरीलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने भएको हो ।
एक बर्ष अघि मात्र नेपालबाट भारतको लक्सर भन्ने स्थानमा उखु काट्न गएको थिए । भारतबाट चौधरीलाई उनका मालिकले तेल बोक्ने ट्याङकरमा हालेर नेपाल पठाएको बुझिएको छ ।

भारतबाट हिजो मात्र प्रवेश गरेका चौधरी विराटनगरको आइसिपीबाट भागेर विराटनगर प्रवेश गरेका थिए । उनी भारतबाट आँउदा बोर्डरमा कुनै स्वास्थ्य चेकजाँच नगरी उनी विराटनगर आएका थिए । उनी हिड्दै विराटनगर ३ स्थित पुष्पलाल चोक छेउमा मादक पदार्थ सेवान गरी लडिरहेको अवस्थामा भेटेको स्थानिय सुभाष घिमिरेले जानकारी दिए ।

स्थानियवासीले सोधपुछ गर्दा भारतबाट आएको थाहापाएपछि केहीबेर स्थानियबासी त्रासित भएका थिए । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड ९० का विरामी अधिकास भारतबाट आएका व्यक्तिमा देखा परेको भएपछि स्थानियले तत्काल सम्बन्धित निकायमा खबर गरी क्वारेन्टाईनमा राख्न सुझाव दिएका थिए ।

भारतबाट आएका चौधरीलाई विराटनगर महानगरपालीकाको नगर रक्षकको टोलीले बुढीगंगा गाँउपालीकासँग समन्वय गरेर त्यही रहेको क्वारेन्टाईनमा राखिने नगर रक्षक प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । चौधरीको स्वास्थ्य अवस्था सबै ठिक रहेको र तत्काल फिबर चेक गरी १४ दिन सम्म क्वारेन्टाईनमा राखिने नगर रक्षक प्रमुख पौडेल आवर विराटनगरलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्