महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो।
उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा पुगेपछि उनिहरुलाई त्यहीँ राखिएको छ र काठमाडौ भित्रन नदिई त्यहीँ अलपत्र परेका छन् ।
त्यहीँ ओरालेेेर सर्वसाधारणलाई राखिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोली नागढुंगा पुुुुुगेर उनलाई फर्काउन तयारी थालिएको छ । यात्रुहरू अहिले पनि नागढुंगामा अलपत्र परेका छन्।
करिब ५० जना त्यहाँ अड्किएका छन् । यता , विराटनगर महानगरपालिकाका मेयरले भने उनिहरुलाई काठमाडौ प्रवेश गर्न दिनुपर्ने बताएका छन् । उनिहरुलाई काठमाडौ पठाउन पहल गरिरहेको महानगर स्रोतले जनाएको छ ।