प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण

<span class='c1'>प्रदेश १ मा सोमबारसम्म पाँच हजार</span> <span class='c2'>आठ सय नौजनाको कोरोना परीक्षण</span>

विराटनगर । प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार द्रुत परीक्षण विधि (आरडीटी) बाट प्रदेश १ मा ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९ सय ८१ जनाको नमुना परीक्षण भएको छ । प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म २ हजार ९२ जना पुगेको छ । प्रदेश सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्