विराटनगरमा मेरिल्याण्ड कलेजका बिद्यार्थीको पुर्व मन्त्रीदेखि व्यवसायीसंग अनलाइन अन्तर्क्रिया

<span class='c1'>विराटनगरमा मेरिल्याण्ड कलेजका बिद्यार्थीको पुर्व</span> <span class='c2'>मन्त्रीदेखि व्यवसायीसंग अनलाइन अन्तर्क्रिया</span>

विराटनगर बैशाख १६ ,

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएका छन् ।  शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ ।

उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्ड कलेजले भने आफ्ना बिद्यार्थीको लागि अनलाइन कक्षा लकडाउन सुरू भए देखि नै  संचालन गरिरहेको छ  ।कलेजले चैत्र ९ गतेदेखि बेलायतको विश्वबिद्यालयको साझेदारीमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको स्नातक स्तरको कक्षा  गुगल क्लास तथा गुगल मिटको माध्यमबाट बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित घर मै बसेर पढ्न मिल्ने व्यवस्था गरेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए ।यसैबीच , कलेजले बिद्यार्थीको लागि बिभिन्न व्यक्तित्वसंग अन्तरक्रिया कार्यक्रम पनि संचालन गरिरहेको छ ।अनलाइन अन्तरक्रियामा पुर्व उद्योग मन्त्री देखि व्यवसायीहरु सामेल भएका छन्। पुर्व उद्योग मन्त्री नविन्द्र राज जोशी , व्यवसायी सौरभ ज्योति , बिबेक पोखरेल , खगेन्द्र आचार्य , बिनोद पौडेल तथा त्रिभुवन विश्वबिद्यालयका व्यस्थापन संकायका डीन प्रोफेसर डा. डिल्ली राज शर्मा संग बिद्यार्थीले कोरोना महामारीपछीको नेपाल तथा विश्व अर्थतन्त्रमा पर्ने प्रभाव लगायतका बिषयमा अन्तरक्रिया गरेका थिए ।

यस्ता अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि जारी रहने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्