विराटनगर बैशाख १६,
देशकै केन्द्रबिन्दु बनेको प्रदेश नम्बर १ को राजधानी विराटनगरमा कोरोना भाईरस नियन्त्रणको लागि गरिएको लकडाउन फितलो बनेको छ । विराटनगरको बजार साथ भित्री सडक हेर्न हो भने यहाँ लकडाउन छ भनेेर पत्याउनै गाह्रो छ ।
विराटनगरमा लकडाउन उल्लंघन भएको तस्बिर सहितका समाचार आवर विराटनगरले सम्प्रेषण गर्दै आएको भने पनि सरोकारवाला कसैलाई मतलब नभएको देखिन्छ । विराटनगर बजारमा बिना सवारीसाधन पास मोटरसाइकल , कार लगायत चलिरहेका छन् । सरकारले अत्यावश्यक काम बाहेकका पसल खोल्न मनाही गरेपनि विराटनगरका विभिन्न ठाउँमा सुन पसल , हार्डवेयर पसल, मदिरा
पसल खुला रहदा पनि कसैले नदेखेको जस्तो भएको छ । विराटनगरको पुरानो गुद्री भएको ठाउँमा बिहानैदेखि मानिसको भिड लाग्ने गरेको छ ।
विराटनगरका सर्वसाधारण पनि अनावश्यक रुपमा बजार तथा चोकमा घुमिरहेका देखिन्छन् । केही पसल भनेे प्रहरी देख्नेबित्तिकै बन्द गर्ने प्रहरी गएपछि फेरि पसल खुला राखेर बेच्ने गरेका छन् । विराटनगरमा बैंकमा पनि ठुलो भिड देखिने गरेको छ । सामाजिक दुरी तथा आवश्यक सावधानी अप्नाएको देखिदैन कुनै बैकमा पनि ।
सरकारले सामाजिक दुरी कायम गर्न अत्यावश्यक काम बाहेक बाहिर नजान भनेपनि विराटनगरका केही व्यापारी तथा सर्वसाधारणको अटेरीले भोलिका दिनमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाको ठुलो जोखिम विराटनगरले सामना गर्नुपर्ने देखिन्छ ।
अत्यावश्यक काम बाहेक बाहिर निस्कने सर्वसाधारण तथा लुकिछिपि पसल खोलेर मान्छे भिड गर्ने व्यापारीलाई नै बढि सकोरोना भाइरसको जोखिम हुने चिकित्सक बताउँछन् । लकडाउनको पालना गरे कोरोना भाइरस संक्रमित हुने सम्भावना कम हुने विश्वका धेरै देशमा देखिरहेको छ ।

