काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो वेबसाइटमार्फत् अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर घरैमा बसेर जुनसुकै शाखा कार्यलयमा आफ्नो इच्छाअनुसारको खाता खोल्न पाउने व्यवस्था गरेको हो ।
कामनाले सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सकिने दाबी गरेको छ । उक्त खाता खोल्न साथ ग्राहकले नियमित रूपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।
यसैगरी बैंकले २०७७ सालको डिजिटल क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा डिजिटल माध्यमबाट अनलाइन खाता सेवा शुभारम्भ तथा डिजिटल क्यालेन्डरको विमोचन गरे ।