प्रदेश नम्बर १ अपडेट : क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष

प्रदेश नम्बर १ अपडेट : क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष

विराटनगर । प्रदेश १ मा पाँच हजार नौ सयजनाको कोरोना परीक्षण भएको छ ।

पीसीआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म २ हजार १ सय ४० जना पुगेको छ ।

१७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्