युवा संघ नेपालको विराटनगरमा राहत वितरण जारी

<span class='c1'>युवा संघ नेपालको विराटनगरमा</span> <span class='c2'>राहत वितरण जारी</span>

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १, ७,८ र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

युवा संघ नेपालकी नेतृ सन्तोषी श्रेष्ठको सहयोगमा राहत वितरण गरिएको हो । सहयोग गर्ने नेतृ श्रेष्ठलाई धन्यवाद दिदै यो क्रम अझै निरन्तर चल्ने राष्ट्रिय युवा संघ नेपाल विराटनगर कमिटी अध्यक्ष सुशील रिजालले बताए । साथै सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न समेत रिजालले आग्रह गरे ।

राहत वितरणमा राष्ट्रिय युवा संघ नेपालका रेशम थापा मगर, प्रतीक ढकाल, निरन्जन ढुंगाना, मनिष भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्