उदयपुरका विमारी लिन मान्दैनन् विराटनगरका अस्पताल , नोबेलले विमारी फर्कायो

उदयपुरका विमारी लिन मान्दैनन् विराटनगरका अस्पताल , नोबेलले विमारी फर्कायो

विराटनगर बैशाख १९,

नेपालमा कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाका बिमारी विराटनगरका अस्पतालले भर्ना गर्न डराएका छन् । केहि दिन अघि विराटनगर अस्पतालले विमारी फर्काएको समाचार सेलाउन नपाउदै उदयपुर जिल्लाबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराउन आएको एक विरामीलाई अस्पतालले अप्रेशन थिएटरबाटै फर्काएको छ ।

प्रसूतिका लागि गत मंगलबार भर्ना भएकी उदयपुर गाइघाट– ११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट फर्काएर कोशी अस्पताल रेफर गरेको छ ।

अपरेसनको सबै तयारी पूरा गरेपनि उदयपुर जिल्लाको बिमारी भनेर अस्पतालका चिकित्सकले फर्काएको उनका श्रीमानले बताए ।

उनलाई कोशी अस्पतालमा भर्ना गराएर अहिले सरस्वतीले शल्यक्रिया मार्फत दोस्रो सन्तानको रुपमा छोरो जन्माएकी छन । उनका अनुसार आमा बञ्चा दुबैको अवस्था सामान्य छ ।
बुधबार विहान नोबेल मेडिकल कलेजले रेफर गरेको पूर्जीमा लेखिएको छ ‘ रेफर टु कोशी जोन अस्पताल, बिकाउज पेसेन्ट इन उदयपुर’ ।

यता अस्पताल प्रशासनले भने विमारीलाई ज्वरो देखेपछि चिकित्सकले कोशी अस्पताल रिफर गरेको बताएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले चिकित्सकले अपरेसन अघि चिकित्सकले जाँच गर्दा ज्वारो देखिएको हुनाले रिफर गरेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्