विराटनगरको नोबेल अस्पतालले बिमारी फर्काएको बारे छानविन अगाडि बढाएको मन्त्रालयको भनाइ

विराटनगरको नोबेल अस्पतालले बिमारी फर्काएको बारे छानविन अगाडि बढाएको मन्त्रालयको भनाइ

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले आज रुपन्देहीका २५ बर्षीय युवक र बाँकेका ६० बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदै हाल उनीहरुको अवस्था भने सामान्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा संक्रमित मध्ये ४९ पुरुष र १० महिला रहेको र १६ जना निको भइसकेका छन् ।

यसैगरी हालसम्म नेपालभर पीसीआर विधिबाट १२ हजार ५ सय ७७ र आरडीटी विधिबाट ४७ हजार ७ सय ९७ जनाको परीक्षण भइसकेको पनि पनि उहाँले बताउनुभयो ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ९ सय ७ रहेको र आइसोलेशनमा ९४ जना रहेको जानकारी पनि प्रवक्ता देवकोटाले दिनुभयो । त्यस्तै रेडजोनमा रहनेको संख्या ३ सय १५ रहेको पनि मन्त्रालयले जनाएको छ ।

विराटनगरको नोबेल अस्पतालको बिषयमा ध्यानाकर्षण : 

विराटनगरको नोबेल मेडिकल कलेजले उदयपुरकी गर्भवती महिलामाथि गरेको व्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले गर्भवती महिलामाथि भएको व्यवहारबारे सञ्चार माध्यममा आएको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यसमा गम्भीर चासो देखाएको बताउनुभयो ।उहाँले गर्भवती महिलाप्रति भएको व्यवहार प्रमाणित भए कारवाही गर्न मन्त्रालय पछि नपर्ने चेतावनी पनि दिनुभयो ।

प्रवक्ता डाक्टर देवकोटाले मुलुक कोरोना भाइरसकोविरुद्ध सामुहिकरुपमा लडिरहेको अवस्था स्वास्थ्य संस्थाबाट नै देखाइएको व्यवहार दुर्भाग्यपूर्ण रहेको बताउदै यस्मा मन्त्रालयले आफ्नोतर्फबाट छानविन अगाडि बढाएको जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्