विराटनगरका ७ सय मुस्लिम परिवारलाई डा. कोईरालाको कोेशेली

विराटनगरका ७ सय मुस्लिम परिवारलाई डा. कोईरालाको कोेशेली

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुस्लिम समुदायको जारी महान पर्व रमाजनुल मुबरक पर्वमा बर्त बसेका ७ सय जनालाई फलफुल स्वरुप कोशेली वितरण गरेका छन् ।

मुस्लिम समुदायले महान पर्वमा अहिले एक महिनासम्म बर्त वस्दै आएका छन् । लकडाउनको समयमा बाहिर हिड्डुल गर्न नपाइरहेको अवस्थामा उनीहरुलाई सामाजिक दुरीको पालना गर्दै विगत केहीदिन देखी विभिन्न स्थानमा राहत स्वरुप फलफुल लगायत घरायसी सामाग्री वितरण गर्दै आएका छन् ।

बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहदै आएका युवा नेता तथा ह्युमानिटि फाउन्डेसनका अध्यक्ष सलिम अन्सारीको सहकार्यमा विराटनगर लगायत अन्य स्थानमा पुगेर राहत वितरण गरिएको हो ।
कोरोना भाइरसको त्रासले गर्दा नेपाल सरकारले गरेको लकडाउनमा बिपन्न परिवारहरुका लागि हरेक दिन अन्सरीले राहत वितरण गर्दै आएका छन् ।

यसैविच बुढीगंगा गाँउपाली स्थित सितापुरमा २ सय राहत वितरण गरिएको छ । यसैविच शुक्रबार बिराटनगर ९ स्थित धोयिबारीमा १ सय जना मुस्लिम परिवारलाई राहत स्वरुप कोशेली वितरण गरीएको छ ।

कोशेली वितरण कार्यक्रममा सलिम अन्सारी , रियाज अहमद, अनुप सापकोटा, सुरज चौधरी र नबिन हुसैन अंसारीद्वारा राहत वितरण गरिएको थियो । यसैविच अन्यदिनहरुमो ४ सय परिवारलाई राहत वितरण गरिने योजना रहेको अन्सारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्