लकडाउनमा विराटनगरमा शिक्षकलाई अनलाइन कक्षाको निशुल्क तालिम आयोजना हुदै

लकडाउनमा विराटनगरमा शिक्षकलाई अनलाइन कक्षाको निशुल्क तालिम आयोजना हुदै

विराटनगर बैशाख २०,

देशमा कोरोना रोकथामको लागि गरिएको लकडाउनले सम्पुर्ण शैक्षिक क्षेत्र प्रभावित बनेको छ । एक महिना बढि लकडाउनले विद्यार्थीलाई प्रभाव पारेको महशुस गर्दै विभिन्न विद्यालयले अनलाइनको माध्यमबाट पढाउने तयारी गरिरहेका छन् ।

यस्तै अनलाइन कक्षा सञ्चालनमा शिक्षकलाई दक्ष बनाउने उदेश्यले अनलाइन कक्षा सञ्चालन तालिम आयोजना हुने भएको छ । विद्यालय तथा शिक्षकको लागि प्रविधिको प्रयोगबाट कक्षा चलाउन सहयोग पुग्ने उदेश्यले उक्त तालिम आयोजना गर्न लागिएको आयोजक जिपि चुडालले बताए ।

बैशाख २२ गते उक्त तालिम आयोजना गर्ने तयारी गरिएको उनले बताए । तालिम निशुल्क रहेको पनि आयोजकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्