आँखामा चोट लागेकी राष्ट्रिय फुटबल खेलाडीको उपचार खर्च जुट्न थाल्यो, मेयरले दिए २५ हजार

आँखामा  चोट लागेकी राष्ट्रिय फुटबल खेलाडीको उपचार खर्च जुट्न थाल्यो, मेयरले  दिए २५ हजार

विराटनगर । आवर विराटनगरले गत शुक्रबार भिडियो सहितको यु(१६ महिला राष्ट्रिय फुटबल खेलाडी समिक्षा मगरको आँखाको चोट सम्बन्धीको समाचार प्रशारण गर्यो । उदयपुर बेलका नगरपालीका ५ की १६ वर्षिय मगरको बारे आवर विराटनगरले आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएको भन्दै केही संघ सस्थाले उपचारमा खर्चको व्यावस्थापन मिलाएको थियो ।
समिक्षाको गत बैसाख १२ गते खेतमा सिमल तरुल खन्दा उनको आँखामा ढुङगा उछिटिएर गम्भिर चोट लाग्न पुग्यो । उनलाई तत्काल धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको लागी लगियो तर उनको त्यहाँ उपचार हुन नसकेपछि अहिले विराटनगर आँखा अस्पतालमा उपचारको लागी ल्याइएको छ ।
विराटनगर आँखा अस्पताल आउन साथ समिक्षाको उपचारमा फुटबल प्रेमी, खेलकुद समद्धसंघ संस्थाहरुले उपचार खर्च जुटाएका थिए । यसैविच आईतबार विराटनगर महानगरपालीका मेयर भीम पराजुलीले पनि समिक्षाको उपचारर्थ २५ हजारको चेक हस्तान्तण गरेका छन् ।


आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा महिला फुटबल खेलाडीको उपचारको स्वास्थ्य लाभको कामना गर्दै आर्थिक रकम समेत टुटाएको मेयर पराजुलीले बताउनुभयो ।
यसैविच अखिल नेपाल फुटबल संघ एन्फाले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने जनाएको छ ।
विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसंगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले विरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने बताउनुभयो ।


एन्फाले शनिबार सुरुआतमा २५ हजार रुपैया चोटग्रस्त मगरको परिवारलाई उपलब्ध गराएको जानकारी दिदैं युवा महिला खेलाडीलाई परेको दुःखमा एन्फा सधै साथमा र सहयोग गर्दै जाने समेत राईले बताउनुभयो । अस्पतालको वेडमा उपचाररत समिक्षालाई सहयोग रकम अहिले जुट्न थालेको छ । अस्पतालले समिक्षाको आँखामा भएको चोटमा सुधार आएपछि उपचारको बाँकी प्रक्रिया अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्