विराटनगरमा रगतको अभाव भईरहेको बेला रत्तदान कार्यक्रम गरिने

<span class='c1'>विराटनगरमा रगतको अभाव भईरहेको</span> <span class='c2'>बेला रत्तदान कार्यक्रम गरिने</span>

विराटनगर । विरामीको लागी अति आवश्यक पर्ने रगत अभाव भईरहेको बेला विराटगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले रक्तदान कार्यक्रम गर्ने भएको छ ।


लकडाउनको अवधिमा रगतको अभाव भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले भोलि मंगलबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको कमिटिले जनाएको छ ।
लकडाउनको अवधिमा विराटनगरका अधिकास अस्पतालमा रगतको माग बढेकाले रगत अभाव भईरहेको अवस्थामा रत्तसंञ्चार विराटनगरको सहकार्यमा खुला रक्तदान गर्न लागिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ की अध्यक्ष ममता प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार भोली मंगलबार विराटनगर ११ जनपथ स्कुलमा विहान ७ः ३० बजेदेखी ११ ः ३० सम्म खुला रत्तदान गर्न लागिएको हो । इच्छुक महानुभवहरुलाई उत्त समयलमा रत्तदान गरी सहयोग गरिदिनुहुन समेत प्रधानले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्