वर्तमान समस्या समाधानको मागसहित व्यापारीहरुले बूझाए ज्ञापनपत्र

वर्तमान समस्या समाधानको मागसहित व्यापारीहरुले बूझाए ज्ञापनपत्र

विराटनगर । विराटनगरका व्यापारीहरुले लकडाउनबाट उत्पन्न विविध समस्याहरुको समुचित समाधानका लागी संयुक्त रुपमा ७ बुँदे ज्ञापनपत्र बुझाएका छन । विभिन्न व्यापारिक संघसंस्थाहरुको एक्यबद्धतासहित विराट व्यापार संघको नेतृत्वमा व्यापारीहरुले सोमबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत्त कार्की, जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख मदन भुजेल र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले गत चैत्र ११ गते देखि जारी लकडाउनका कारण व्यापार व्यवसाय धरासायी बन्दै गईरहेको भनि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन ।

व्यापारीहरुले लकडाउन अवधीभरको तथा लकडाउन समाप्त भएको ३ महिनासम्मको घर बहाल कर, व्यावसायिक कर तथा घरजग्गा करमा पुर्ण रुपमा छुटको व्यवस्था गर्नुपर्ने माग गरेका छन । उनीहरुले जुनसुकै शीर्षकमा लिईएको कर्जाको हकमा शतप्रतिशत ब्याज छुट हुनुपर्ने तथा लकडाउन पश्चात सहुलियत दरमा ब्याज भुक्तानीका लागी ६ महिनाको समयसीमा प्रदान गर्नुपर्ने लगायतका माग राखेका छन ।

राजनितिक नेतृत्व निजामति प्रशासनमाथि निर्भर हुने भएकाले व्यावहारिक निर्णयमा केही समस्याहरु देखा परेको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत्त कार्कीले व्यापारीसंगको कुराकानीमा बताउनुभयो । उहाँले व्यापारी वर्गको समस्या समाधानका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको तथा सम्बन्धित बिषयप्रति संघीय सरकारको पनि ध्यानाकर्षण गराउँदै बुँदागत निर्णयबाट समस्या समाधान गर्ने जानकारी दिनुभयो ।

ज्ञापनपत्रका लागी मदिरा व्यावसायी संघ, खुद्रा व्यापार संघ, मोरङ्ग ईलेक्ट्रीक संघ, नेपाल मुद्रण उद्योग संघ, होटल तथा पेय पदार्थ व्यावसायी संघ, नेपाल औषधी व्यावसायी संघ र स्टिल व्यावसायी संघ लगायतका १२ वटा व्यापारिक संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्