युवा संघद्वारा विराटनगरमा राहत वितरण

युवा संघद्वारा विराटनगरमा राहत वितरण

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १,७, १० र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । बिपदका बेला युवा संघले सधै सहयोग गर्ने बताउदै यो क्रम अझै निरन्तर चल्ने राष्ट्रिय युवा संघ नेपाल विराटनगर कमिटी अध्यक्ष सुशील रिजालले बताए । साथै सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न समेत रिजालले आग्रह गरे । राहत वितरणमा राष्ट्रिय युवा संघ नेपालका रेशम थापा मगर, प्रतीक ढकाल, निरन्जन ढुंगाना, मनिष भट्टराई लगायतको उपस्थिति रहेको थियो । लकडाउन सुरु भएयता राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले बिपन्न वर्गलाई खाद्यान्न बितरण निरन्तर गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्