विराटनगर
लकडाउनका कारण समस्यामा परेकाहरुलाई श्री बंगलामुखी न्यूरो सोसाईटीले खाना खुवाउन सुरु गरेको छ । विराटनगर १० स्थित सोसाईटीले मंगलबारदेखी लकडाउन अवधीभरका लागि निशुल्क खाना खुवाउने जनाएको छ । लकडाउन कारण न्युरो अस्पतालमा विरामीका कु्रुवाका साथै अस्पताल आसपासका विपन्न वर्गका मानिसहरूलाई निशुल्क खाना खुवाउन सुरु गरिएको सोसाइटीका संयोजक सुरेस लाल श्रेष्ठले बताउनुभयो ।
यसैबिच सोसाईटीको यस कार्यकि लागि न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टले सोसाईटीलाई नगद १० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।
साथै आजै न्युरो अस्पतालमा बिरामी लिएर आएका विरामीका आफन्तलाई निशुल्क खाना वितरण गर्नुहुदै डां विष्टले लकडाउनको समयमा यसरी निशुल्क खाना खुवाउने संस्थालाई धन्यवाद प्रकट गुर्नभयो ।
निशुल्क खाना खुवाउने कार्यक्रममा वडा कार्यालयका वडाअध्यक्ष माधवराज वाग्लेले आफ्नो वडामा यसरी निुशल्क खाना खुवाउने सहयोगी हातहरुले यस अघि पनि प्रहरीको साथी मलाई निशुल्क पिपिई वितरण गरेको जानकारी दिनुभयो ।
खाना खुवाउने कार्यक्रममा अस्पताल कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भटराई लगायत सोसाईटीका पदाधिकारीले खाना वितरण गरेका थिए । साथै यस अघि सोसाइटीले त्यस वडामा खटिएका ‘प्रहरीको साथी म ’ का युवाहरुलाई लाई १० थान पिपिई हस्तान्तरण गरेको थियो ।