संक्रमणमुक्त भएका ६ जना कोशी अस्पतालबाट डिस्चार्ज, तत्काल विराटनगर मै राखिने

संक्रमणमुक्त भएका ६ जना कोशी अस्पतालबाट डिस्चार्ज, तत्काल विराटनगर मै राखिने

विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज कोशी अस्पतालले डिस्चार्ज गरेको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमणमुक्त भएको भन्दै डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज भएकामा २१ देखि ३४ वर्षका पुरुषहरु छन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनबाट उनीहरुलाई विदाइ गरिएको हो । पत्रकारहरुसँगको अन्तरक्रियामा संक्रमणमुक्त भएकाहरुले डाक्टरहरुले आफुहरुसँग राम्रो व्यवहार र सेवा गरेको भन्दै खुसी व्यक्त गरे ।

लकडाउनको कारण आफ्नो देश फर्कन नसक्ने हुँदा तत्काल विराटनगरको रानीमा अवस्थित मदरसासँगको समन्वयमा उनीहरुलाई तत्काल विराटनगरमै राख्ने गरी आवासगृहको व्यवस्था गरीएको मन्त्री घिमिरेले बताए । मदरसामा दश वटा कोठा रहेको र आइसोलेटेड वातावरणमा त्यही खाने बस्ने व्यवस्था गरीएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्