प्रेम देवान
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । यसरी लकडाउनको समयसिमा बढेको बढ्यै गर्दा आम नागरिकको घरमा चुलोमा आगो बल्न छाडिसकेको छ । सरकारले गरिब तथा विपन्न परिवारलाई स्थानिय तह अन्तर्गत पहिलो चरणको राहत बाढेको छ । पहिलो चरणमा बाढीएको राहत अहिले जनताको घरमा सकिसकेको छ ।
यसै बिच विराटनगर १५ का स्थानियवासीले राहत उपलब्ध गराउनु पर्ने माग गर्दै विराटनगर महानगरपालीका घेराउ गर्न पुगेका छन् । पहिलो चरणको राहत स्वरुप १२ केजी चामल पाएको र अहिले लकडाउन बढेसँगै घरमा बिहान बेलुकी भात खाने चामल सकिएको भन्दै दोस्रो चरणको राहत उपलब्ध गराउन माग गर्दै स्थानिययवासी सडकमा बसेर प्रदर्शन गरेका छन् ।
महानगरबाट उपलब्ध गराएको १२ केजी चामल , २ किलो आलु र आधा लिटर तेल अनि एक प्याकेट नुन कतिन्जेल खाएर बस्नु भन्दै तत्काल आफुहरुलाई दोस्रो चरणका राहत वितरण नगरेको भन्दै विराटनगर १५ का स्थानिय कमल ढुङगानाले गुनासो गरे ।
केहीबेरको प्रर्दशनपछि उनीहरुले महानगरको सभाहलमा पुगेर मेयर भीम पराजुलीसँग दोस्रो चरणको राहत वितरण नगरेको भन्दै आक्रोश पोखेका थिए । वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी र नगर रक्षकले आक्रोशित स्थायनियलाई सम्झाई बुझाई स्थिति साम्य पारेका थिए ।
स्थानियसवासीले मेयर भीम पराजुलीसँग आफ्ना मागहरु यसरी पोखेका थिए ।कोरोनाले भन्दा पनि भोकमारीले जनता मर्न लागेको भन्दै आफ्नो वडामा स्थानियवासी दोस्रो चरणको राहतको माग गर्न थालेको वडा नम्बर १५ का वडा अध्यक्ष असलम आलमले पनि मेयर सामु कुरा राखेका थिए ।
यता विराटनगर महानगरपालीका मेयर भीम पराजुलीले अन्य पालीकाहरु भन्दा पहिले विराटनगनगर महानगरले विपन्न परिवारलाई राहत वितरण गरेको जानकारी गराएका थिए । पहिलो चरणको राहत स्थानिय तहले वितरण गरेको कारण दोस्रो चरणको प्रदेश र तेस्रो चरणको राहत संघिय सरकारले वितरण गर्ने अपेक्षा गरिएको भएता पनि त्यो नभईरहेको अवस्थामा अब भोली नै तत्काल नगर विपत उच्च समितिको बैठक बसी पुन दोस्रो चरणको राहत वितरण प्रक्रियालाई अगाडी बढाउने मेयर पराजुलीले उद्घोष गरेका थिए । लकडाउनको समय बढेसँगै यता कोरोना भाइरसका संक्रमित पनि बढीरहेका छन् । ज्यालादारीमा काम गर्दै दुई छाक भोको पेट भर्दै आएका जनताको घरमा झन चुलोमा आगो बल्न छाडिसकेको छ । यसका लागी राज्यले बेलैमा सोच्नु पर्ने बेला आएको छ ।