त्रासबिच युद्ध जितेको अनुभव : डा. संगिता मिश्र

<span class='c1'>त्रासबिच युद्ध जितेको अनुभव</span> <span class='c2'>: डा. संगिता मिश्र</span>

- सुजता निङ्लेकु

विराटनगर । विश्वव्यापी महामारीको यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोना भाइरस संक्रमणसँग अग्रपंक्तिमा रहि लडाई लडिरहेका छन् । विश्वभरि मैदान बनाई चलिरहेको यो लडाईमा कहिले भाइरसले जितिरहेको छ त कहिले हाम्रा योद्धाहरुले ।
यति बेला प्रदेश नम्बर १ को कोरोना उपचार केन्द्र रहेको कोशी अस्पतालका चिकित्सकहरु युद्ध जितेको आभाष गरिरहेका छन् । आफुले उपचार गरिरहेको ६ जना कोरोना संक्रमितले कोरानालाई जितेर संक्रमण मुक्त भएपछि उनिहरुले यस्तो अनुभव गरेका हुन् ।
उदयपुरको भुल्केबाट वैशाख ५ गते राती १ बजे उदयपुरबाट आएका कोरोना संक्रमित बिरामीलाई अस्पतलमा भित्र्याइरहँदा चिकित्सकका टोली नै त्रसित्र थिए । तर आत्मबल भने उच्च रहेको कोशी अंचल अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा संगिता मिश्राले अनुभव सुनाइन् ।
कोरोना अस्पतालमा खटिएका टोली सहयोगी भावनाले लागेको कारणले नै २० दिनमा ६ जना बिरामीलाई विदा गर्दा खुशीको साथै सन्तुष्टि मिलेको डा मिश्राले बताईन् । उनलाई उपचारका लागि खटिनु, साथै टोलीलाई नै खटाउन चुनौतीको विषय रहे पनि समुहको कार्यकै कारण यो सफलता हात पारेको उनको भनाई छ ।
डा मिश्राले भनिन्, मंगलबार साँझ एक जना बिरामीले मोबाइलमा मेसेज गरे, 'डा. साहेब दिल्लीमे कुछ काम होगा तो हमे याद करिएगा', उनलाई बिरामीको प्रतिकृयाले अत्यन्तै खुशी मिलेको थियो, ।
उनी सोही बिरामीको अनुरोधमा मस्जिदसम्म डिस्चार्ज भएका बिरामी छोड्न गएकी थिईन । चिकित्सकको कामप्रति बिरामीले सकारत्मक प्रतीक्रिया दिँदा आत्मसन्तुष्टि मिल्ने उनले सुनाईन् । उनले भनिन् ’निको भएको बिरामीको मुखबाट धन्यवादको शब्द सुन्न पाउनु नै यो अवस्थामा युद्ध जितेको आभाष हुने रहेछ ।’
कोरोना संक्रमितको संख्या बढेसँगै उदयपुरबाट उनिहरुलाई विराटनगर ल्याइरहँदाको त्रासको माहोल र संकटकालिन परिस्थितिमा पनि निस्वार्थ भावले डाक्टर दिपक सिग्देल लगायतका टिमले अहोरात्र खटेर काम गरेर एकै पटकमा ६ जना बिरामी निको हुनु नै मेहेनतको प्रतिफल रहेको उनले बताइन् ।
उनीले भनिन् कति सहकर्मीहरुलाई कोरोना अस्पतालमै काम गरेको आधारमा घरधनीले अन्तै डेरा सर्न समेत भनेका थिए तर कति पनि मनोबल नघटाई उनिहरुले निरन्तर काममा खटिरहेका थिए ।
कोरोना भाइरस संक्रमणको महामारी बढेसँगै प्रदेश सरकार, संघिय सरकारले साथ, हौसला प्रदान गर्दै आइरहेको उनले बताइन् । संघिय सरकार, प्रदेश सरकारले कोरोना उपचार केन्द्र अस्पताल निर्माण नगरिदिएको भए डाक्टर एक्लै केहि गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
निको भएर गएका ६ जना बिरामीलाई १४ दिनसम्म मस्जिदमा फरक, फरक कोठामा राखिने र १४ दिन पश्चात पुन: स्वाव परिक्षण गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्