घरबाट औषधी खरिद गर्ने सुविधा विराटनगरमा

घरबाट औषधी खरिद गर्ने सुविधा विराटनगरमा

घरमै बसेर औषधी खरिद गर्न सकिने सुविधा विराटनगरमा सुरु भएको छ । विराटनगरका युवाहरुले संचालनमा ल्याएको 'उपचार' एपको मार्फतबाट यस्तो सुविधा लिन सकिने भएको हो ।
उक्त मोबाइल एपको मार्फतबाट आफुलाई आवश्यक परेको औषधी खरिद गर्नका लागि अर्डर गर्न सकिन्छ । प्राप्त अर्डरका आधारमा कम्पनीले तोकिएको स्थान वा घर सम्मै सामान डेलिभरी गर्ने सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
उक्त एपबाट सामान मगाउँदा अन्य समयमा एक सय रुपैयाँ डेलिभरी शुल्क लिइने भएपनि वर्तमान लकडाउनको समयमा नि:शुल्क डेलिभरी गरिने बताइएको छ । कम्पनीको अनुसार हालका लागि यो सुविधा विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उपलब्ध छ । यस कम्पनीको सि.ई.ओ. मा अनुप रायमाझी र मेनेजिङ्क डाइरेक्टरमा विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी आशिष यादव रहेका छन् । कम्पनीको लागि मोबाइल एप इनफिनिया हब नेपालले डिजाइन र निर्माण गरेको हो । उक्त एप आफ्नो एन्ड्रोइड मोबाइलमा प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्