यसरी भयो ईसुव मियाको उद्दार, कोशी अस्पतालमा उपचार हुँदै

यसरी भयो ईसुव मियाको उद्दार, कोशी अस्पतालमा उपचार हुँदै

प्रेम देवान / पत्रकारको डायरीबाट

मुलुक भर लकडाउनका कारण अहिले आम सर्वसाधणलाई घरबाट ननिस्कन आग्रह गरेको छ ।यो विपदको समयमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरु जस्तै हामी रिपोर्टरहरु पनि अहोरात्र सुचना संकलन र प्रवाहका लागि खटिनु परिरहेको छ ।
यसै बिच विगत केहि दिनदेखी विराटनगर १५ का स्थानियवासीले राहतको माग गर्दै वडा कार्यालय र महानगरपालीका घेराउ गर्दै आएको घटनालाई नजिकबाट नियाल्दै समाचार सम्प्रेषण गरिरहेको छु । राहतको माग गर्दै आन्दोलन गरिरहेका स्थानीयवासीले आज विहानै राहतको लागी छलफल छ भन्दै खबर गरे ।
खबर आएअनुसार तोकिएको समयमा विराटनगर १५ स्थित हटतालिहाटको खाली जमिन पुगें।
आवर विराटनगरले यस अघिदेखी नै स्थानीयवासीको समस्याहरुको बारेमा आवाज उठाउदै आएको छ।उनीहरुको आन्दोलनको आवाजलाई पनि हामीले स्थान दिएका छौं । उनीहरुको माग एउटै छ । सरकारले पहिलो चरण अन्तर्गत स्थानिय तहबाट बाढीएको राहत सकिएको छ र दोश्रो चरणको राहत नपाउँदा भोकै बस्नु परेको अवस्थाछ ।

कोरोना भाईरसको उच्च जोखिमलाई नियन्त्रण गर्न मुलुकभर नै लकडाउन गरिएको अहिलेको अवस्थामा आमसर्वसाधरणलाई घरबाट बाहिर ननिस्कन र भीडभाड नगर्न सरकारले आग्रह गरेको छ ।
तर विडम्बना यहाँ गरिएको आन्दोलनमा सामाजिक दुरी कायम गरिएको थिएन । उनीहरुको आवाज थियो कोरोना भन्दा पहिले भोकमरीले मरिने भइयो । त्यही भिडको कोलाहलमा दैनिक मजदुरी गरी विहान बेलुकाको छाक टार्नेहरुको भोको पेटको आक्रोश आईरहेको थियो ।
त्यही भिड बिचबाट उपचार गराउने पैसा नभएर आफ्ना श्रीमान् लामो समयदेखी ओच्छ्यान मै छन् भन्दै एक महिला रुदै हाम्रो क्यामेरा सामु आईन् । उनले अहिले आफुलाई भात खान भन्दा पनि बुढाको उपचार गराउन पाए हुन्थ्यो जस्तो लागेको भन्दै आग्रह गरिरहेकी थिईन् ।

त्यहि ति महिलाको छोरा महमोद आलम पनि हात जोड्दै आए । 'मेरो बुबा लामो समयदेखी विरामी हुनुहुन्छ' सिटी रिक्सा चलाउदै आएका उनले सुनाए । तर अहिले लकडाउनले गर्दा आम्दानीको बाटो छैन । बुबाको उपचार गराउन नसकेको भन्दै दुख व्यक्त गरे । उनीहरुले विरामीको अवस्था हेर्न नै जाउ भन्दै कर गर्न थालेपछि हामी त्यता लाग्यौं ।

घर भित्रको अवस्था एकदमै नाजुक देखिन्थ्यो । घरभित्रै पिउने पानीको कल अनि त्यही कलको छेउमा भात पकाउने चुलो । छेउपटी एउटा खाट त्यही खाट माथी विगत लामो समयदेखी थलिएका छन्, ६६ बर्षिय महमद ईसुव मिया । उनकी ५६ बर्षिया श्रीमती नसिमा खातुन श्रीमानलाई खाना खुवाउन प्रयास गर्छिन तर उनको मुखबाट भात छिर्न सक्दैन । ईसुव मिया ३ महिना भन्दा पहिलेदेखी नै विरामी छन् । उनको बोलीसँगै कम्मर भन्दा तलको भाग चल्दैन भने उनको पेट फुलेको छ । अहिले लकडाउने गर्दा आम्दानीको बाटो बन्द भएपछि उनीहरुको परिवारमा समस्याको पहाडले थिचेको छ। त्यो सँगै उपचार गराउन सके हुन्थ्यो भन्ने परिवारमा ठुलो आशा छ । उनीहरुको त्यो नाजुक अवस्था देखेर तत्काल वडा अध्यक्ष र सयुक्त टोल नगर समिति पदाधिकारीलाई जानकारी गराए पछी सयुक्त टोल नगरका अध्यक्ष मित्रलाल गिरी आइपुगे । विरामीको बारे यस अघि पनि उहाँले कुरा राखेको तर खासै चासो नदिएको कारण उपचार हुन नसकेको जानकारी गराए । उनले त्यहीबाट वडा अध्यक्ष असलम आलम र मेयर भीम पराजुलीसँग समन्वय गरेर तत्कार एमुलेन्स बोलाई अस्पातल सम्म पुर्याउने वाताबरण मिलाए ।

लामो समयदेखी ओछ्यानमा थलिएका ती ईसुव मियाको अहिले कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भई उपचारको प्रक्रिया अगाडी बढेको छ । उहाँको उपचारको लागी महानगरपालीकाका मेयर भीम पराजुली र १५ नम्बर वडा कार्यलयका वडा अध्यक्ष सँगै अस्पतालले निशुल्क उपचारको खर्च व्यहोर्ने जनाएको छ । त्यती मात्र हैन उनीहरुको त्यो नाजुक अवस्था देखेर उहाँकहरुको लागि राहतको व्यवस्था महानगरले गर्ने भएको छ ।
ईसुवका परिवारले परिवारले अहिले उपचार गराउन पाउँदा धेरै खुशी भएका छन् ।

तपाईहरुको टोल छिमेकमा घटेका घटना र बाहिर आउन नसकेका विषय वस्तुका बारेमा हामीलाई जानकारी गराउनुहोस् । हामी तपाइका समस्याहरुलाई हाम्रो संचार माध्यममा स्थान दिनेछौं ।
सम्पर्क: ९८५२०३४७४२, ९८०७०१६७४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्