विराटनगरका २ सहित कोशी कोभिड अस्पतालबाट ८ को डिस्चार्ज

<span class='c1'>विराटनगरका २  सहित कोशी</span> <span class='c2'>कोभिड अस्पतालबाट ८ को डिस्चार्ज</span>

विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए । पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए ।

डिस्चार्ज हुनेमा ७ जना नेपाली रहेका छन् भने एक जना भारतीय नागरिक रहेका छन् । नेपाली सात जनामध्ये ५ जना उदयपुरका हुन् भने २ जना विराटनगरका हुन् । उनीहरू मध्ये ७ जनालाई विराटनगर १५ रानी स्थित रानी मर्जकमा राखिनेछ भने कोरोना मुक्त भएकी एक महिलालाई होम क्वारेन्टाइनका लागि उदयपुर पठाइने कोशी अस्पालकी मेसु डा संगिता मिश्रले जानकारी दिईन् ।

यससँगै विराटनगरबाट कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १४ पुगेको छ । यसअघि सोही स्थानमा कोरोना संक्रमणमुक्त भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । नेपालभर कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । संक्रमितको संख्या १०१ पुगेको छ । कोरोना मुक्त ३० मध्ये जसमा ३ जनालाई पून: कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

यसैविच उपचार केन्द्रबाट कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका ८ जना व्यक्तिको विदाईसँगै उपचारमा खटिएका स्वास्थ्यकर्मी लगायत प्रदेश सरकारलाई मुस्लिम समुदाय विराटनगरका अगुवाहरुले धन्यवाद प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्